Advertisement

रोकिएला राष्ट्रपतिको फ्रान्स भ्रमण ?

0 11

Advertisement

१९ कार्तिक, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण तयारी भइरहेका बेला मुलुक भूकम्पको विपत्तिमा परेको छ । राष्ट्रपति पौडेल कात्तिक २२ गते फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने र मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम यसअघि नै तय भइसकेको हो । कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरिसकेको छ ।

मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ। राष्ट्रपति पौडेलले शनिबार भूकम्पपीडितको उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको जनाउँदै उनले विपद्को यस घडीमा उद्धार तथा राहतमा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका हुन् । तर उनले कात्तिक २२ देखि मंसिर १ गतेसम्म हुने विदेश आफ्नो पूर्वनिर्धारित भ्रमणबारे भने केही बोलेका छैनन् । उनको सचिवालयले पनि यसबारे केही भनेको छैन ।

सिंगो राष्ट्र विपत्तमा परेका बेला राष्ट्रपति विदेश भ्रमणमा निस्कनु शोभनीय नहुने राजनीतिक विश्लेषकले बताएका छन् । सामाजिक सञ्जालमा पनि उनको यस्तो बेलामा राष्ट्रपति विदेश भ्रमणमा निस्कनुलाई सकारात्मक मान्न नसकिने टिप्पणी गरिएको छ ।

राजनीतिक विश्लेषक हरि रोका अहिलेको अवस्थामा राष्ट्रपति विदेश भ्रमण नगएकै राम्रो हुने बताउँछन् । ‘मुलुक अप्ठेरो अवस्थामा छ, भूकम्प गएको छ, यस्तो बेला राहत, उद्धार र पुनर्वासमा ठूलो रकम खर्च हुन्छ । राष्ट्रपतिको भ्रमणमा पनि मुलुककै पैसा खर्च हुने हो । त्यसकारण अलिकति सहज परिस्थिति बनेपछि राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा राम्रो सन्देश जान्छ । पूर्वनिर्धारित कार्यक्रम हो भनेर जानुभयो भने पनि त्यो उहाँको व्यक्तिगत कुरा भयो’, उनले भने ।

राजनीतिशास्त्रका प्राध्यापक डा. ऋषिराम शर्माले यतिबेला राष्ट्र प्रमुखको विदेश भ्रमण भए राम्रो सन्देश नजाने बताए । ‘यस्तो दुखद परिस्थितिमा राष्ट्र प्रमुखको विदेश भ्रमण भए स्वदेश र विदेशमा राम्रो धारणा बन्दैन । त्यसकारण नजाँदा नै राम्रो हुन्छ’, उनले भने ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार टीका ढकाल पनि यस्तो बेला राष्ट्र प्रमुखको विदेश भ्रमणलाई राम्रो मान्न नसकिने बताउँछन् । ‘निकै पर गाजामा युद्ध हुँदा कतारका राजाले हाम्रा प्रधानमन्त्रीबाट नै घोषणा गरिएको पूर्वनिर्धारित नेपाल भ्रमण स्थगन गर्नुभएको ताजै छ, एक सनता पनि बितेको छैन ।

हाम्रा राष्ट्रपतिज्यूलाई मेरो अनुरोध छ– हस्तिनापुरलाई अचानक भूकम्पले नराम्ररी क्षतिग्रस्त तुल्यायो । धृतराष्ट्र बन्नबाट जोगिने ठूलो उपाय छ– भोलि कि पर्सिदेखि हुने भनिएको युरोप भ्रमणमा नजाने घोषणा गर्नुहोस् । तीन देशको भ्रमणमा हुने करिब १० करोड बराबरको खर्च भूकम्प प्रभावित जनताको राहत र उद्धारमा लगाउने घोषणा गर्नुहोस् । यसबाट थोरै भए पनि गणतन्त्रको इज्जत बच्छ,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.