Advertisement

मेसीले जिते आठौं पटक बालोन डे’ओर अवार्ड, महिलातर्फ स्पेनकी आइतामा वर्ष खेलाडी

0 12

Advertisement

१४ कार्तिक, एजेन्सी । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् ।

गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।

मेसील म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते ।

फ्रान्स फुटबले प्रदान गर्ने यो अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।

यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।

विश्वका १०० खेलकुद पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

नर्वेका फरवार्ड हालान्डले गत सिजन प्रिमियर लिगमा ३५ खेलमा कीर्तिमानी ३६ गोल गर्नुका साथै सिटीबाट लिगसहित च्याम्पियन्स लिग र एफ ए कप गरी ३/३ उपाधि जितेका थिए । उनको उक्त उपलब्धिका लागि हालान्डलाई गर्ड मुलर ट्रफी प्रदान गरिएको छ ।

उनले गत सिजन सबै खाले प्रतियोगितामा ५२ गोल गरेका थिए । हालान्डले अवार्ड पाएपछि सिटी क्लब र परिवारलाई धन्यवाद दिएका छन् ।

इंग्लयाण्ड तथा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।

२१ वर्षमुनिका उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा ट्रफी बेलिङघमले पाए । यसै सिजन बोरुसिया डर्टमण्डबाट रियल पुगेका उनले १३ खेलमा १३ गोल गरिसकेका छन् । डर्टमण्डमा गत सिजन उनले ४२ खेलमा १४ गोल गरेका थिए ।

यसैगरी अर्जेन्टिनाका विश्व विजेता गोलकिपर इमिलियानो मार्टिनजेले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् ।मार्टिनेजले कतार विश्वकपकमा गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका थिए ।

म्यानचेष्टर सिटीले क्लब अफ दि इअरको अवार्ड जितेक‍ो छ । महिलातर्फ बार्सिलोनाले क्लब अफ दी इअरको अवार्ड पायो ।

विश्व फुटबलमा रेसिजम (जातीय भेदभाव) विरुद्ध बोल्दै आएका ब्राजिलियन तथा रियल मड्रिडका विगंर भिनिसिय जुनियरले मैदान बाहिर आफ्नो योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.