शुभ बिजयाको सबमा हार्दिक शुभकामना
शम्मु पाैडेल
०९ कार्तिक, काठमाडाैं ।
🙏 🌹🌄🇳🇵🌅 शुभकामना 🙏🌹🌅🇳🇵🌄
ल्याओस उमङ्ग खुशि सबमा सद्भभाव सदा छाओस।
हटाइ वैमनस्यता जन जनको सबमा मित्रता रहोस ।।
नासहोस आसुरी शक्ती सबको रहोस देवीको कृपा ।
त्यागुन घमण्ड ईष्र्या मानवले ज्ञानी बनुन सर्बदा।।
हटेर कालो बादल चुचुरोको चम्केको हिमाल यो ।
झुल्दा धानका सुनौला बाला खेतमा उल्लास शरद्को ।।
नदि कंचन सफा देखिदा प्रकृर्ती छ हराभरा सुन्दर ।
फुल्दा सयपत्री मखमली आँगनमा रमणीय मनोहर ।।
आत पुर्ण रहुन भोका हरुका बिपत्ति त्यो भुलेर बर्षातको ।
ढाकुन सबका आङ एकसरो कपडाले भुलेर गरिबी त्यो ।।
सबले मान्न सकुन खुलेर पर्ब यो साझा संस्कृती बनोस ।
देखासेखि नहोस नकुड्युन मनहरु सबमा आत्मीयता होस ।।
टिकाझै चम्कियोस भाग्य सबको कीर्ति अमिट रहोस ।
सबको भाग्य खुलेर प्रगति होस मन जमरा झै शुद्धहोस ।।
मौलाओस दुबोझै मानवता सबमा मन सदा खुस रहोस ।
पिङझै लम्किरहोस पाइला सदा दु:ख पिडा अन्त्यहोस ।।
गुन्जिदा मालश्री धुन घर घरमा चङगा झै मन उडोस ।
मान्यजन हरुको आशीर्वाद लागोस सोचेको सबै पुगोस ।
सबै सुखी रहुन बढुन प्रगति पथमा शुद्ध रहोस भावना।
स्पदन्दन देखी शुभ बिजयाको सबमा हार्दिक शुभकामना ।।