Advertisement

एनआरएनए अध्यक्षमा आरके शर्मा निर्वाचित

0 15

Advertisement

०५ कार्तिक, काठमाडाैं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिका साथै अष्ट्रेलियामा रहेको कम्पनी भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको अनलाइन मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो ।

नयाँ नेतृत्वका लागि महेशकुमार श्रेष्ठ, रविना थापा र डा.बद्री केसी चुनावी प्रतिस्पर्धामा थिए । असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेपछि निर्वाचन प्रक्रियालाई नयाँ ढंगले अघि बढाइएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.