Advertisement

नेप्से सूचक २९ अंकले बढ्यो,  मार्केट क्यापिटलाइजेशन २९ खर्ब २१ अर्ब पुग्यो

0 13

Advertisement

०३ कात्तिक, काठमाडौं । यस हप्ता २९.२४ अंकले बढ्दै नेप्से सूचक १९ सय ३.१९ अंकमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन असोज २५ गते २०.१६ अंकले घट्दै नेप्से सूचक १८ सय ७४.६० अंकमा अडिएको थियो ।

त्यस यता साताको पहिलो कारोबार दिन आइतबार नै २३.१६ अंकले घटेको नेप्से सूचक अन्तिम कारोबार दिन कात्तिक २ गते बिहीबार ४.०५ अंकले घट्यो । तर, चार दिन मात्र कारोबार भएको यस हप्ताको बाँकी दुई दिन कात्तिक १ गते र २ गते नेप्से सूचक क्रमशः १३.१८ अंक र ४३.२७ अंकले बढ्दा यो साता पोजेटिभ देखियो ।

यद्यपि, नेप्से सूचकमा केही राम्रो संकेत देखिए पनि कारोबार भने खासै हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता २९ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ८५ करोड ७१ लाख १२ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी यो साता हाइड्रोपावर समूहको १९ करोड ४४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कमर्सियल बैंकहरुको १६ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको, कम्पनीहरूको प्रमोटर सेयर १२ करोड ११ लाख २९ हजार रुपैयाँ बराबरको र जीवन बिमा समूहको १० करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् ।

मार्केट क्यापिटलाइजेशन ४४ अर्ब बढ्यो

उसो त यो साता समग्र सेयर बजारमा सकारात्मकता आएसँगै यता मार्केट क्यापिटलाइजेशन समेत ४४ अर्बमाथिले बढ्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता कूल ४४ अर्ब ८७ करोड ८० लाख ७४ हजार रुपैयाँ सेयर पुँजी बढ्दै २९ खर्ब २१ अर्ब ७२ करोड ४६ हजार रुपैयाँ हाराहारी पुगेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो मार्केट क्यापिटलाइजेशन (सेयर पुँजी) २८ खर्ब ७६ अर्ब ८४ करोड १० लाख ७२ हजार रुपैयाँ रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.