चीनले समुद्रमुनि बनाउँदैछ संसारकै ठूलो टेलिस्कोप, ‘भूतकण’ को खोजी गर्ने

0 7

०३ कार्तिक, काठमाडाैं । विश्वको एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।

संसारकै ठूलो पानीमुनिको सो टेलिस्कोपको चिनियाँ नाम हाई लिंग हो, जसको अर्थ सामुद्रिक घण्टा भन्ने हुन्छ ।

Trident को पूरा नाम Tropical Deep Sea Neutrino Telescope हो । यो टेलिस्कोप सन् २०३० सम्ममा तयार भैसक्नेछ । तत् पश्चात् यसले घोस्ट पार्टिकल (भूतकण) अर्थात् न्यूट्रिनोको खोज गर्नेछ ।

न्युट्रिनो ती भूतकण हुन् जसका १ खर्बवटा कण हरेक सेकेण्डमा हाम्रो सरीरको प्रतिवर्ग सेन्टिमिटरमा गुज्रिएका हुन्छन् । तर यसबारेमा हामीलाई केहीपनि थाहा हुँदैन, किनकि यी कण देखिँदैनन् ।

यी कणहरुमा अज्ञात विद्युतीय चार्ज हुन्छ, जसको मापन गर्नपनि सकिँदैन । यी कणहरु तौलविहीन हुन्छन् र कुनै पदार्थसँग रासायनिक अन्तरक्रिया पनि गर्दैनन् ।

तर यिनको गतिलाई कम गर्न सकिएमा ती कणको अध्ययन गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ । हाई लिंग टेलिस्कोप परियोजनाका प्रमुख वैज्ञानिक शू डोंगलियानका अनुसार

यसबाट हाम्रो ब्रम्हाण्डको उत्पत्तिको विषयमा खुलासा हुनेछ । साथै अन्तरीक्षमा हुने विस्फोटनहरु, प्रकाश तथा अन्धकारका साथै अन्तरीक्षमा हुने टकरावहरुको बारेमा पनि जानकारी प्राप्त हुनेछ ।

हाई लिंग टेलिस्कोप परियोजनाका प्रमुख वैज्ञानिक शू डोंगलियानका अनुसार पानीमुनिको उक्त टेलिस्कोपलाई सोही विषयमा अध्ययनका लागि प्रयोग गरिनेछ ।

कस्तो हुनेछ टेलिस्कोप ?

चीनको उक्त विशालकाय सामुद्रिक टेलिस्कोपमा २४ हजार भन्दा धेरै अप्टिकल सेन्सर जडान गरिनेछ जसलाई १२ सय ११ वटा डोरीमा बाँधिनेछ । ती सबै डोरीहरु २३ सय फिट अग्ला हुनेछन् जुन समुद्रको पिँधमा बाँधिएका हुनेछन् र टुप्पाको भाग भने समुद्रको माथिल्लो सतहतर्फ हुनेछ । यसले आफ्नो आसपासको ७.५ घनकिलोमिटरको इलाकामा न्यूट्रिनोको खोजी गर्ने बताइएको छ ।

अहिले विश्वमा न्यूट्रिनो पत्ता लगाउनका लागि जडान गरिएको सबैभन्दा ठूलो टेलिस्कोप अन्टार्कटिकाको एमन्डसेन स्कट दक्षिण ध्रुवीय स्टेशनमा रहेको छ । यसले १ घनकिलोमिटर क्षेत्रलाई समेट्न सक्छ । त्यसैले चिनिया हाई लिंग टेलिस्कोप यसभन्दा धेरै शक्तिशाली हुनेछ। चीनको यो परियोजनाको सुरुवात सन् २०२६मा सुरु भएर सन् २०३० मा पूरा हुने बताइएको छ ।

यत्रतत्र हुन्छन् भूतकण

न्यूट्रिनो अर्थात् भूतकण पृथ्वीको हरेक ठाउँमा हुन्छन् र पृथ्वीको हरेक दिशामा घुमिरहेका हुनछन् । संसारमा कुनैपनि यस्तो जीव छैन जसको सरीरमा भूतकण ठोक्किँदै सरीरलाई पार गरेर गएको नहोस् । ब्रम्हाण्डमा फोटोन्स पछि भूतकण अर्थात् न्यूट्रिनो नै सबैभन्दा धेरै पाइने उप पारमाणविक कण हुन् । यी कणको उत्पत्ति ताराहरुको परमाणु विस्फोट वा कुनै सुपरनोभा विस्फोटका कारण हुन्छ ।

साथै कस्मिक किरणहरु वा रेडियोधर्मी क्षयका कारण पनि न्युट्रिनो कण पैदा हुन्छन् । यसका अलावा पृथ्वीमा रहेका पार्टिकल एक्सीलिरेटर्स तथा न्यूक्लिएर रिएक्टर्सका कारण पनि न्युट्रिनोको सिर्जना हुन्छ । यी कुनै पदार्थसँग मिल्दोजुल्दो नहुनुका साथै निकै हलुका हुने भएकाले वैज्ञानिकहरुले यी कणलाई पक्रिन सक्दैनन् ।

न्यूट्रिनो अर्थात् भूतकण सबैभनदा पहिले सन् १९५६ मा पत्ता लगाइएको थियो । जब वैज्ञानिकहरुले यिनको बारेमा अध्ययन गर्न सुरू गरे तब यी कणहरु सूर्यको तर्फबाट आउने तथ्य पत्ता लाग्यो ।

तर चिनिया हाईलिंग टेलिस्कोपले समुद्रको गहिराईबाट ती न्युट्रिनोहरु पत्ता लगाउनेछ जो कस्मिक किरणको कारण पैदा हुन्छन् । कस्मिक किरणहरुबाट पनि ठूलो मात्रामा न्यूट्रिनो पैदा भैरहेका हुन्छन् ।

न्यूट्रिनो कुनैपनि पदार्थको भित्र छिरेर निस्किन सक्दछन् । यहाँसम्म कि यी कणहरु हाम्रो पृथ्वीलाई एकातर्फबाट अर्कोतिर पार गर्न सक्दछन् । यी कणले पानी तथा बरफलाई समेत पार गर्दछन् । त्यहाँ ती कणले उपउत्पादन तयार गर्दछन् जसलाई muons भनिन्छ ।

समुद्र मुनिको टेलिस्कोपले सोही म्युवन्सको अध्ययन गर्नेछ । पानी वा बरफसँग न्युट्रिनो ठोक्किँदा उत्पन्न हुने प्रकाशसँगै उप पारमाणविक पदार्थ muons निस्किन्छ । एजेन्सीको सहयोगमा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.