Advertisement

दाङमा कांग्रेस सभापतिको घरमा प्रहरीबाटै जुवाडे लुटिए, जुवाखालको पैसा लिएर हिँडेपछि जुवाडे अलपत्र

0 3,471

Advertisement

०२ कार्तिक, दाङ । दाङमा नेपाली कांग्रेसका नगर सभापतिको घरमा चलिरहेको जुवाखालमा छापा मार्न गएको प्रहरीले उल्टै पैसा लुटेर हिँडेको छ ।

इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) भीमबहादुर रावत नेतृत्वको टोली तुलसीपुर उपमहानगरका कांग्रेस सभापति सुरेश हमालको दंगिशण-३ रावतगाउँस्थित घरमा जुवाखालमा पुगको थियो । उक्त घरमा हमालका बुवा बस्दै आएका छन् ।

मंगलबार राति करिब साढे १० बजे सुरूमा हमालको घरमा जिप्रका दाङका दुईजना सादा पोशाकका प्रहरी खटिएका थिए । उनीहरूले कार्डपत्ति खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएका थिए । त्यसपछि इप्रका हेकुलीका इन्चार्ज सई रावतलाई खबर गरिएको थियो । रावत पुगेपछि जुवाडेले आफूहरू गिरफ्तारी दिन तयार भएका थिए ।

तर, रावतसहित जिप्रकाबाट आएका सहायक हवल्दार बेलबहादुर बोहरा र जवान हिमाल शाहीले जुवाडेलाई पक्राउ नगरी जुवाखालमा रहेको करिब ८० हजार रूपैयाँ लगेर भागेका थिए ।

´हामीलाई पक्राउ गर्नुस् भनेका हौं । तर, पुलिसले हामीलाई नलगी पैसामात्रै लगेर भागे’, जुवामा संलग्न होमर केसीले डिजिटल खबरसँग भने । उनका अनुसार तास खेल्ने ठाउँमा कोही पनि पेशेवार जुवाडे थिएनन् । घरबेटी टोपबहादुर हमाल बिरामी भएकाले भेट्न गएका बेला समय गुजार्न तास खेलेको उनले बताए । सई भीमबहादुर रावतले भने प्रहरीले नलगेको प्रतिक्रिया दिएका छन् ।

´जिप्रकाको टोलीले जुवाडे नियन्त्रणमा लिएको थियो । म गएपछि सम्झाईबुझाई छाडेको हो । पैसा लगेको होइन’, ` सई रावतले भने ।

तर, जिप्रकाबाट गएका दुबैजना प्रहरीले भने पैसा लगेको स्वीकार गर्दै गल्ती गरेको बताएका छन् ।

´जुवाडे समातेर पैसा ल्याई आएका हौं । पैसा ल्याएर जीन्दगीमा ठूलो भूल भयो`, उनीहरूले भने । उनीहरूले यसबारेमा जिप्रकामा भने कुनै जानकारी नदिएको बताएका छन् ।

दाङ प्रहरी प्रमुख रामबहादुर केसीले पनि यसबारेमा आफूलाई थाहा नभएको बताए ।

´प्रहरी त्यस्तो गर्नु अपराध हो । छानबिन गरेर दोषी देखिए कारवाही गर्छौं`, एसपी केसीले भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.