Advertisement

शिवम् होल्डिङग्सले आईपीओ जारी गर्ने

0 18

Advertisement

३० असाेज, काठमाडाैं । शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कात्तिक २२ गते कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा ११ बजे गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि १ करोड १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आगामी दिनमा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि कम्पनीले सभामार्फत गराउनेछ ।

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ३६ करोड रूपैयाँको आधारमा ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । हाल सञ्चालकको संख्या ७ जना रहेकोमा सोलाई घटाई ५ जना कायम गर्ने निर्णय पनि सभाले गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.