Advertisement

रैथाने परिकार प्रवर्द्धन गर्दै होटल संघ, आन्तरिक र वाह्‍य पर्यटकका लागि विशेष छुट

0 22

Advertisement

२६ असाेज, काठमाडाैं । होटल संघले नेपाली परिकार प्रवर्द्धन गर्ने उद्देश्यले आफू सम्बद्ध होटलमा रैथाने परिकार पस्किने भएको छ। संघले दसैंको बिदामा अधिकांश रेस्टुरेण्ट बन्द हुने अवस्थालाई मध्यनजर गर्दै स्वदेशी र विदेशी पाहुनालक्षित रैथाने परिकार पस्कने निर्णय गरेको हो।


‘पर्यटकले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुची राख्दै आएका छन्। अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली मौलिक खानाको स्वाद चखाएर नेपालको भ्रमण अविस्मरणीय बनाउने हाम्रो मुल उद्देश्य हो,’ संघका अध्यक्ष विनायक शाहले भने, ‘विभिन्‍न होटलले दसैंको चाडपर्वमा घर परिवारमा पाक्ने स्वादिलो स्थानीय रैथाने परिकार आफ्ना ग्राहकहरु माझ पस्कने छन्।’

होटल संघ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशैभरीका सदस्य होटलको सहभागिता रहने उनले जानकारी दिए।

संघका अनुसार झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेसनल होटल र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले विशेष छुटमा यो सेवा दिने बताइएको छ।

उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ गते ‘घटस्थापनादेखि कोजाग्रत पूर्णिमा’का दिनसम्म आयोजना हुने संघले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.