Advertisement

न्युरोड जाँदै हुनुहुन्छ ? धरहरामा महानगरले खुलायो नि:शुल्क पार्किङ

0 25

Advertisement

२२ असाेज, काठमाडौं । दसैंं तिहारको माहोलले देशको राजधानीलाई छपक्कै छोपेको छ । सपिङदेखि रमझमकै लागि पनि बजारहरुमा मान्छेको भिडभाड हुने माहोल सिर्जना भएको छ ।

यस्तोमा राजधानीकै प्रमुख व्यापारिक केन्द्र न्युरोड अछुतो हुने त कुरै भएन । तर, न्युरोड क्षेत्रमा सपिंग गर्न जाँदा भने पार्किङको समस्याले प्रायःलाई पिरोल्छ ।

यहि कुरालाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले अस्थायी रुपमा धरहराको बेसमेन्टमा रहेको पार्किङलाई खुला गराएको छ ।

महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले डिजिटल खबरलाई बताए अनुसार धरहराको अन्डरग्राउण्डमा रहेको ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुल्ला गराइएको हो । उनले भने, ‘अस्थायी रुपमा चाडपर्वको लागि खुल्ला गरिएको छ । यसपछि पुनः महानगरपालिकाले निर्माण पुरा भएपछि निर्णय गरेर धरहराको पार्किंग के गर्ने भन्ने हुन्छ ।’

हाललाई पार्किङ निशुल्क रहेको उनले बताए । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको बेसमेन्ट वा अन्डरग्राउन्डमा तीन तला पार्किङका लागि बनाइएको छ । हालको अवस्थामा चार सय वटा गाडी र ७ सय वटा मोटर साइकल यहाँ अट्ने अनुमान छ।

महानगरले अस्थायी रुपमा खुल्ला गराएको धरहराको पार्किङका लागि उत्तर पूर्वको ढोकाबाट प्रवेश गरेर आफ्नो सवारी साधन पार्क गर्न सकिने पाण्डेले डिजिटल खबरलाई बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.