Advertisement

दुई चरणमा इजरायल गएका थिए ४९ विद्यार्थी

0 30

Advertisement

२१ असाेज, कञ्चनपुर । एक महिनाअघि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउने तयारी हुँदा कृषि संकायका तत्कालीन डिन लालप्रसाद अम्गाईं निकै खुसी थिए ।

दुई चरणमा इजरायल गएका थिए ४९ विद्यार्थी

‘अस्ति विद्यार्थी पठाउँदा आफू पनि उत्साही थिएँ,’ उनले भने, ‘अहिले यस्तो खबर सुन्दा म आफैं सम्हालिन सकिरहेको छैन, मेरै विद्यार्थी यस्तो घटनामा परे ।’ अम्गाईंको पदावधि सकिएर उनी अहिले विश्वविद्यालय अनुदान आयोगको निर्देशक भएका छन् ।

‘साढे ४ बजे इजरायली राजदूतले हाम्रो ग्रुपमा विद्यार्थीमाथि आक्रमण भएको म्यासेज गरेपछि थाहा पाएका हौं,’ कृषि संकायका विभागीय प्रमुख सुशील न्यौपानेले भने, ‘त्यसपछि हामीले विद्यार्थीको अवस्था बुझ्न थाल्यौं, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासबाट पनि जानकारी लियौं ।’ ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत गएका दाङका विपिन सुवेदीका बुबा बुद्धिप्रसादले बिहान सात बजेतिर छोराले आक्रमण भएको जानकारी गराएको बताए । ‘त्यसपछि सम्पर्क नहुँदा ऊ निकै चिन्ता लाग्यो । दिउसो चार बजेपछि मात्रै सम्पर्कमा आएपछि केही राहत भयो,’ उनले भने ।

टिम लिडरका रूपमा गएका विपिनले घाइतेहरूको अवस्था कस्तो छ भन्नेसम्म पनि जानकारी पाउन नसकेको बताए । ‘आक्रमणमा परी घाइते भएका र अपहरणमा परेका सबै सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी हुन्,’ उनले भने । उनका अनुसार शनिबार बिहानैदेखि कृषि फार्म आसपास बम पड्किरहेको थियो । साढे ९ बजे एक्कासि विद्यार्थीहरूले ‘हामी घाइते भयौं, उद्धार गर्नुपर्‍यो’ भनेर खबर पठाएका थिए । दुई बजेसम्म पनि उद्धार गर्न नसकेको विपिनले बताए । ‘अहिले पनि घाइते भएका र अपहरणमा परेकाहरूको अवस्था कस्तो छ, जानकारी छैन,’ उनले भने । विभागीय प्रमुख न्यौपानेले अहिले पनि विद्यार्थीलाई बंकरमै राखिएको भन्ने जानकारी आएको बताए ।

सुदूरपश्चिम विश्वविद्यालयले भदौ अन्तिम साता कृषि संकायको आठौं सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा इजरायल पठाएको थियो । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा सेडट नेगेभ कलेजसँगको सम्झौताअनुसार विद्यार्थी इजरायल गएका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.