Advertisement

अनमोल ‘फर्कि फर्कि’ को तयारीमा,नरेन्द्र मैनालीले छायांकन गर्ने

0 22

Advertisement

२० असाेज,काठमाडाैं । नायक अनमोल केसीले रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । फिल्मको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ।

यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यसैबीच, फिल्ममा अडिसनबाट अनमोल र जसितापछि २ नयाँ कलाकार सम्वृद्धी अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको छ ।

नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ । फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ ।

‘फर्कि फर्कि’ ले सपना र विपनाबीचको कन्फ्यूजनको कथा भन्नेछ । अनमोल केसी र जसिता गुरुङले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.