Advertisement

एसियाली खेलकुद पुरुष क्रिकेट: बंगलादेशलाई हराउँदै भारत फाइलन प्रवेश

0 18

Advertisement

१९ असाेज, काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेट खेलमा बंगलादेशलाई हराउँदै भारत फाइनल प्रवेश गरेको छ। शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो। बंगलादेशका लागि जाकिर अलीले सर्वाधिक २४ रन बनाए। नटआउट रहेका उनले १ छक्का प्रहार गरेका थिए।

यस्तै, पर्विज हुस्सैन इमोनले २३ रन बना। रकिबुल हसनले १४ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्। बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका साइ किशोरीले सर्वाधिक ३ विकेट लिए। वाशिङ्टन सुन्दरले २ तथा अर्शदीप सिंह, तिलक बर्मा, रवि बिस्नोइ र शहबाज अहमदले समान १–१ विकेट लिए।

९७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ९.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

भारतका ओपनर यशस्वी जैसवाल शून्य रनमा आउट भएका थिए। ओपनर तथा कप्तान ऋतुराज गायकवाड र तिलक बर्माले पारी सम्हाल्दै भारतलाई जिततर्फ डोर्‍याए। बर्माले सर्वाधिक ५५ रन बनाए। २६ बल खेलेका उनले ६ छक्का र २ चौका प्रहार गरे।

यस्तै, कप्तान गायकवाडले ४० रन बनाए। २६ बल नै खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.