Advertisement

इन्द्रजात्रामा महाकाली नाच (फोटो)

0 73

Advertisement

१३ असोज, काठमाडौं । मङ्गलवार देखी सुरु भएको इन्द्रजात्रामा जीवित देवी कुमारी जीवित देव गणेश र भैरवको रथयात्रा सम्पन्न भएको छ। विभिन्न देवदेवीको ख्वापा (मुकुन्डो) लगाएर देवगणहरू काठमाडौँको भित्री सहरमा नृत्य भने भइरहेका छन्।

वसन्तपुर क्षेत्रमा रथयात्राबीच महाकाली नाच देखाउन सुरु गरिएको छ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको शासनकाल देखि काठमाडौँको राजकीय पर्व मानिने योयाः पुन्ही अर्थात् ‘इन्द्रजात्रा’मा यो नाच देखाउन थालेको भनाइ छ। भक्तपुरको ‘महाकाली प्याखँ’लगायतका समूहले वसन्तपुरमा महाकाली नाच देखाउँछन्।

महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर), म्ह्यखा र मयुर गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिन्छ। महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ् भय, चोरको भय नहुने जनविश्वास रहेको छ।

नाचका नर्तकहरूले लगाउने पोसाक, मुकुन्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित रहेको स्थानीय संस्कृतिविद्को भनाई छ। महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक–फरक समूह फरक–फरक तालमा नचाइने परम्परा रहेको छ। मुख्य भूमिकामा रहेका देवीहरूको एकल नाच पनि प्रदर्शन गरिन्छ। नाचमा ८ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहने गरेको छ।

indra jatra 2080, mahakali dance, Nepal Photo Library
indra jatra 2080, mahakali dance, Nepal Photo Library



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.