Advertisement

आर्थिक मन्दीबीच नाडा अटो शो–२०23 मा सवारीसाधन खरिदमा उत्साह

0 38

Advertisement

२९ भदाै, काठमाडाैं । बुधबार (भदौ २६) देखि काठमाडौंको भृकुटीमण्डपमा पन्ध्रौं नाडा अटो शो–२०२३ जारी छ । कोरोना महामारीका कारण रोकिएको अटो शो तीन वर्षपछि पुनः आयोजना भएको हो । रोकिएको तीन वर्षपछि नाडा अटो शो आयोजना भइरहँदा पनि देशको आर्थिक अवस्था अनुकूल छैन । तर, अटो शोमा उपस्थित भएका अवलोकनकर्ताहरूको संख्या र सवारीसाधन बुकिङले व्यवसायीहरू उत्साहित देखिएका छन्‌ ।

६ दिनसम्म चल्ने अटो शोमा विभिन्न ब्राण्डका सवारी साधनहरूको प्रदर्शनी गरिएको छ । शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति छ । अटो शोमा उपस्थित भएका अवलोकनकर्ताहरूको संख्याले उत्साह थपिएको अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा बताउँछन् । उनी भन्छन्, ‘अटो शो उद्घाटन भएदेखि जुन खालको माहोल बनेको छ, त्यसले उत्साह थपेको छ ।’

थापाले अगाडी भने, ‘हामीले यो अटो शो गर्ने कि नगर्ने भन्ने परिस्थितीमा थियौं । जे जस्तो भए पनि गर्नुपर्छ भनेर अघि बढायौं । कारोबार कस्तो हुने हो भन्ने पनि चिन्ता थियो । करोडौं तिरेर स्टलहरू राखिरहँदा व्यवसाय भएन भने के गर्ने भन्ने थियो । व्यवसाय नभइरहेका बेला यो शोले थप निराश बनाउने पो हो कि भन्ने भएको थियो ।’

उनका अनुसार अटो शोमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति छ । दुई खालका अवलोकनकर्ताहरू आइरहेका छन् । अटोमोबाइलमा नै चासो राखेर आउने र अर्को हेर्नका लागि मात्र आउनेहरू रहेका उनी बताउँछन्‌ । धेरैजसो खरिद गर्नका लागि चासो देखाएर अवलोकन गर्न आउनेहरू रहेका छन् ।

नेपालको अर्थतन्त्र मन्दीमा पर्नुमा यहाँको व्यवस्थापनको कमजोरी रहेको उनले बताए । ‘छिमेकी देशहरूले कति प्रगति गरिसके । हामी मन्दीमा छौं भन्दै बसिरहेका छौं । यहाँको आन्तरिक कारणले गर्दा हाम्रो देश मन्दीमा परेको हो ।’

आर्थिक मन्दीको समयमा अटो शो नगर्नु भन्ने धेरैले भन्ने गरोको सुनाउँदै अध्यक्ष थापाले भने, ‘हामीमी अटो शो गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने भयो । अटोमोबाइल क्षेत्रमा अर्थतन्त्र चलायमान बनाउन धेरै नै गतिविधिहरू समावेश हुन्छन् । लाखौँ करोडौं कारोबार हुने गर्छ । यो शोले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुर्याउँछ भन्नेमा हामी ढुक्क छौं ।’

नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको छ । पहिलो दिनको बुकिङको संख्या हेर्दा पनि एकदमै राम्रो रहेको उनको भनाइ छ । प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभइ आम सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रूपमा चित्रण गरेको उनले बताए ।

सरकारले अब नीति बनाउँदा आवश्यकता के हो र लग्जरी के हो भनेर निर्धारण गर्नु पर्ने उनको तर्क छ । ‘सवारी साधनलाई विलाशीता ठान्नु सरकारको अदूरदर्शी नीति नै हो । हिजोका दिनमा अटोमाबाइल्स क्षेत्र अनुत्पादक, लग्जरीमा पर्थ्यो होला । तर, अब त्यो रहेन । जुनसुकै वस्तु लग्जरीमात्रै होइन, अत्यावश्यक पनि हुन्छ । अटो मोबाइल्स क्षेत्र पनि अत्यावश्यक हो । सरकारले पनि त्यही अनुसार वर्गीकरण गर्नुपर्छ,’ अध्यक्ष थापाले भने ।

आथिर्क मन्दीका कारण गाडीको व्यापार खुम्चिएको महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नी इन्कर्पोरेटमा सेल्स डिपार्ट हेर्ने विनोद बिडारी गुनासो गर्छन् । उनी भन्छन्, ‘आर्थिक मन्दीको असर एकदमै परेको छ । पहिलो हामीले एक महिनामै ३०/४० वटा गाडीहरू डेलिभरि गर्ने गथ्र्यौ । तर, १५/२० वटामा खुम्चिएर बस्नु परेको छ ।’

तर, अटो शोमा भएको ग्राहकको उपस्थितले गाडीको व्यापारमा सकारात्मक लक्षण देखाएको हुण्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डिलरसिप हेड दिवाकर रेग्मी बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेको हिसावमा हेर्ने हो भने सवारीको व्यापार केही कम भएको हो । तर, अटो शोमा भएको उपस्थितले राम्रो लक्षणहरू देखाएको छ । यसले हामीलाई आशा जगाएको छ ।’

रेग्मी जस्तै उत्साहित छन्, भिजी इम्पेक्स प्रालीका मार्केटिङ कम्युनिकेशन म्यानेजर प्रकज यादव । उनी भन्छन्, ‘आर्थिक मन्दीका कारण यो वर्षको सुरुवातीदेखि अटोको व्यापार कठिन नै रहेको थियो । नाडा अटो शोमा उपस्थित भएकाहरूको चाप हेर्दा सकारात्मक ऊर्जा दिएको छ । चाडपर्वहरू पनि नजिकिएका कारण गाडी व्यापार बढ्ने अपेक्षा रहेको छ ।’

गाडी खरिद गर्न चाहाने ग्राहकहरूलाई आर्थिक मन्दीले कुनै असर नगरेको पारामाउन्ड मोटर्सका डिलरसेल्स हेड विपुल चन्द्र भट्टराई बताउँछन् । उनले भने, ‘कोरोनाका कारण लामो समयदेखि नाडा अटो शो भइरहेको थिएन । तर, यस वर्षको शोमा सुरुको दिनदेखि नै बाक्लो उपस्थिती रहेको छ । इन्डष्ट्रीको साइज घटेको छ । जसले गाडी किन्न खोजिरहेको छ; उहाँहरूलाई आर्थिक मन्दीको असरले भने छोएको जस्तो देखिएको छैन । यसले गर्दा गाडी बिक्री गर्न सहज हुँदै जाने देखिएको छ ।’

ग्राहकको क्रय क्षमता घटेको सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पमा मार्केटिङ डिपार्टमा कार्यरत करण शाक्यको तर्क छ । ‘आर्थिक मन्दीले गाडीका ग्राहकहरूलाई असर गरेको छ । हाम्रो सेल्स अनुभवमा ग्राहकको क्रम क्षमता घटेको पाएका छौं’, उनले भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.