Advertisement

एसिया कप छनोट फुटबलमा ज्योतिषीले छानेका थिए भारतीय खेलाडी

0 11

Advertisement

२६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमले सन् २०२२ को जुन ११ तारिखमा एसिया कप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा ज्योतिषीको सल्लाहमा खेलाडी चयन गरिएको दाबी भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले गरेको छ ।

द इण्डियन एक्सप्रेसका अनुसार भारतीय फुटबल टिमका प्रशिक्षक इगोर स्टाइमाकले अफगानिस्तानसँगको खेलअघि ज्योतिषी भूपेश शर्मासँग सम्पर्क गरेर उनले भनेजस्तै गरेर खेलाडी चयन गरेका थिए ।

भारत र अफागानिस्तानको खेलभन्दा ४८ घन्टाअघि ९ जुन, २०२२ मा स्टाइमाकले ज्योतिषी शर्मालाई संभावित ११ खेलाडीको नामसहितको सन्देश पठाउँछन् । जसमा लेखिएको थियो, ‘प्रिय मित्र ११ जुनका लागि हरेक खेलाडीको भाग्य हेरिदिनुहोस्, खेल सुरु हुने समय बेलुकीको साढे ८ बजे हो ।’

एक घन्टामा नै ज्योतिषी शर्माले आफ्नो टिप्पणी पठाउँछन् । जसमा कुनै खेलाडीलाई साह्रै राम्रो, कुनैलाई धेरै राम्रो गर्न सक्छ, केहीलाई आत्मविश्वास कम गर्नु आवश्यक छ त केहीलाई औसतभन्दा पनि खराब दिन छ, यस दिनका लागि सिफारिस गर्न सकिँदैन भनिएको थियो ।

११ जुनका दिन खेल सुरु हुनुअघि प्रशिक्षकले ज्योतिषीको सल्लाह अनुसार राम्रो भनेका खेलाडीलाई खेलाएका र जसको दिन राम्रो छैन भनेका थिए उसलाई बेञ्चमै राखेको दाबी पत्रिकाले गरेको छ । यो खेल भारतले २–१ जितेको थियो ।

ज्योतिषीसँग प्रशिक्षको यस्तो संवाद पहिलो पल्ट भएको थिएन । क्रोएसियाली मुलका प्रशिक्षक र ज्योतिषीबीच मे र जुनमा धेरै पटक यस्तो सन्देश आदानप्रदान भएको थियो । यो बीचमा भारतले ४ वटा खेल खेलेको थियो । हरेक खेलअघि प्रशिक्षक स्टाइमाक ज्योतिषी शर्मासँगको सम्पर्कमा थिए ।

२०२२ को मेमा भारतले जोर्डनसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने एसिया कप छनोटमा जुन ८ मा कम्बोडियासँग, जुन ११ मा अफगानिस्तानसँग र १४ जुनमा हङकङसँग खेलेको थियो । घरेलु मैदान कोलकतामा भएको एसिया कप छनोटका तीनवटै खेल भारतले जितेको थियो ।

पत्रिकाका अनुसार भारतीय फुटबल महासंघ एआईएफएफका महासचिव कुशल दासले प्रशिक्षकसँग ज्योतिषीको चिनजान गराइदिएका थिए । दासले यसलाई स्वीकार पनि गरेका छन् ।

एआईएफएफले परामर्श शुल्क भन्दै ज्योतिषीलाई १२–१५ लाख रुपैयाँ भुक्तान पनि गरेको द इण्डियन एक्सप्रेसको दाबी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.