Advertisement

मौसमी कामदारको विषयमा कोरियासँग सम्झौता भएको छैन, भ्रममा नपरौँ : श्रम मन्त्रालय

0 19

Advertisement

२२ भदाै, काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन कोरियासँग श्रम स्वीकृती गरेको भनेर निकालिएको विज्ञप्ती नक्कली भएको बताएको छ ।

मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै कोरिया सरकारसँग कुनै श्रम स्वीकृती नभएको र भ्रममा नपर्न आग्रह गरेको हो । प्रलोभन देखाइ ठगी भएको पाइएको भन्दै मन्त्रालयले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

केही समय पहिले मन्त्रालयका प्रवक्ता घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडमा मौसमी कामदारको लागि श्रम स्वीकृती दिएको विज्ञप्ती आएको थियो ।
मन्त्रालयले उक्त विज्ञप्ती नक्कली भएको भन्दै हस्ताक्षर लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गर्नेको खोजी भइरहेको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.