Advertisement

इथियोपियामा सरकारी र मिलिशियाबीच भिडन्त जारी, २६ को मृत्यु

0 12

Advertisement

३० साउन, एजेन्सी । इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त जारी छ।

यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ। विस्फोटमा २६ जनाको मृत्यु भएको थियो। इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए। विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ।

५० जना घाइते भएका छन्,जसको अस्पतालमा उपचार भइरहेको छ। सुरक्षाकर्मी र समूहबीच जारी भिडन्तका कारण विष्फोट हुनुअघि १६० जनाको उपचार भइसकेको छ। 

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडाइँ भएको थियो। इथियोपिया मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। दुई समूहबीच केही समयदेखि तनाव जारी छ।

अगस्ट ३ मा इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गर्‍यो,जुन मिलिशियाहरूले देशमा राष्ट्रिय संकट निम्त्याउन सक्ने बताएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.