Advertisement

ओठबारे कपिल शर्माले मजाक उडाउन थालेपछि लिपस्टिक लगाउन छाडेँ : सुमोना चक्रवर्ती

0 37

Advertisement

३० असार, मुम्बई । द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती पनि निकै लामो समय देखी देखिदै आएकी छन्।

तर, धेरै पटक शोका होस्ट कपिल शर्माले उनको ओठको बारेमा टिप्पणी गरेको देखिएको छ, जसका कारण सुमोना चक्रवर्ती निकै अपमानित भएको महशुश गर्दै आएकी छन्।

अहिले उनले यस विषयमा पहिलो चक्रवर्तीले एक अन्तर्वार्ता दिने क्रममा सो धारणाा सार्बजनिक गरेकी हुन। जसमा उनले शोमा काम गर्दा कपिल शर्माले ओठमा कमेन्ट गर्ने गरेको बताइन्। त्यसपछि उनलाई यो बिषय निकै नराम्रो लाग्दै आएको छ। साथै, उक्त शो ति खराब हुन थाल्यो कि मानिसहरूले त्यो शोलाई महिला विरोधी भएको महसुससमेत गर्न थालेका छन।

द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती शोका होस्ट कपिल शर्माकी पत्नीको भूमिकामा देखिदै आएकी छिन्।

सुमोनाले अहिले आफ्नो ओठको बारेमा कुरा गरेकी छिन्। उनले आफ्नो कमेन्टका कारण रातो लिपस्टिक लगाउनबाट छाडेको र निकै असुरक्षित भएको बताएकी छिन्।

सुमोना चक्रवर्तीले ह्याबिट कोचलाई अन्तर्वार्ता दिने क्रममा भनेकी छिन, ‘एक दिन म उदास बसेकी थिएँ, अर्चना पूरन सिंह मेरो छेउमा आइन् र उनले मसँग कुरा गरिन्, मैले भनें – उनले मेरो अनुहार मेरो ओठ र मेरो लिपस्टिकको मजाक बनाइ रहेका हुन्छन्। जसकाकारण पटक पटक मैले मेरो लाइनहरू बिर्सिन खोजे झै हुन्छ तर म बिर्सन्न। उसले बिर्सन्छ, तर उसले जे पनि भन्छ। म स्ट्यान्ड अप कमेडियन होइन। म उहाँजस्तो तुरुन्तै जोक बनाउन सक्दिन। यदि मैले जोक क्र्याक गरें भने सायद कसैले बुझ्दैन।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.