Advertisement

एघार महिनामा दुई खर्ब ९९ अर्बको धितोपत्र सूचीकृतः ३९ अर्बको बोनस शेयर, अरु कति ?

0 18

Advertisement

२८ असार, काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को एघार महिनामा नेप्सेमा २ खर्ब ९९ अर्बको धितोपत्र सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रु.१७६ अर्ब १० करोड बराबरको साधारण शेयर, रु.४५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२९ अर्ब १९ करोड बराबरको डिबेन्चर, रु. ३९ अर्ब ९ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब १३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२९९ अर्ब १ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

यता २०८० जेठमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भ ने ७५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७९ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २३२ रहेको थियो ।

त्यसैगरी सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा २ं.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ६० करोड बराबरको डिबेन्चर, रु.१४ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.१३ अर्ब ५ करोड बराबरको साधारण शेयर र रु.२ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४१ अर्ब ७७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.