Advertisement

५६ वर्षको उमेरमा पनि बिकिनीमा खुलेकी हलिउड अभिनेत्री सलमा हायक

0 44

Advertisement

२३ असार, काठमाडौं । हलिउड अभिनेत्री सलमा हायकको बोल्ड बिकिनी तस्वीरले यतिबेला इन्टरनेट तरंगित बनेको छ । राष्ट्रिय बिकिनी दिवसको छेकोमा उनले सार्वजनिक गरेको यो तस्वीरले फ्यान चकित छन् । ५६ वर्षको उमेरमा पनि उनी बिकिनीसहितको तस्वीरमा बोल्ड एण्ड सेक्सी देखिएकी छन् । उनले हालै इन्स्टाग्राममा आफ्नो एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी स्विमिङ पुलमा देखिएकी छिन् ।

उनको यो अवतार देखेर फ्यान पनि छक्क छन् । अभिनेत्रीको सौन्दर्य आज पनि उस्तै रहेको फ्यानको भनाइ छ । उमेरलाई माथ दिएको चर्चा फ्यानले गरेका छन् । यो भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ ।

क्याप्सनमा लेखेकी छन्, ‘मलाई विश्वास लाग्दैन, २५ मिलियन फलोअर्स ! तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद । तपाईहरु सबैले मेरो बिकिनी तस्विररु लाई धेरै माया गर्नुहुन्छ भन्ने लागेको छ । मलाई व्यायाम गर्न मन लाग्दैन, तर मलाई पानीमा नाच्दै राम्रो समय मनाउन मन पर्छ । म साँच्चै प्रेरित छु र तपाईंको सबै माया र समर्थनको लागि आभारी छु ।’

यी बिकिनी तस्विरमा उनले बिना कुनै हिचकिचाहट आफ्नो पर्फेक्ट फिगर देखाएकी छन् । यो उमेरमा उनलाई यति फिट देखेर फ्यानले तारिफ पनि गरिरहेका छन् । अभिनेत्री हायक पछिल्लोपटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् ।

मेक्सिकन-अमेरिकी अभिनेत्री र फिल्म निर्माता सलमा हायकको जन्म सेप्टेम्बर २१९६६ मा भएको थियो । उनले डेस्पेराडो, ‘वाइल्ड वाइल्ड वेस्ट’, ‘डॉग्मा’ र ‘फ्रम डस्क टु डन’ जस्ता फिल्ममा काम गरेकी छन् ।

सन् २००२ मा फ्रिडामा चित्रकार फ्रिडा काहलोको भूमिका निर्वाह गरेपछि विश्वव्यापी रूपमा चिनिएकी थिइन् । उनी उत्कृष्ट अभिनेत्रीको विधामा ओस्कार अवार्डका लागि पनि मनोनित भइन् ।

९ मार्च २००७ मा उनले फ्रान्सेली अर्बपति फ्रान्कोइस–हेनरी पिनाल्टसँग इन्गेजमेन्ट गरेकी थिइन् । त्यतिबेला उनको गर्भावस्थाको घोषणा पनि गरिएको थियो । त्यसपछि सन् २००९ मा दुवैले भ्यालेन्टाइन डेमा पेरिसमा विवाह गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.