Advertisement

अब सवारी चालक अनुमतिपत्रको आवेदन र नवीकरण राजश्व अनलाइनबाटै

0 27

Advertisement

२१ असार, काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाईन भुक्तानी सहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ।

बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाईन प्रणालीको शुभारम्भ गरेका हुन् ।

नयाँ प्रणालीलाई कास्कीबाट सुरु गरिसकेको र एक महिनाभित्र देशका सवै कार्यालयबाट अनलाईन प्रणालीबाट काम हुने भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

नयाँ अनलाईन सेवा मार्फत राजस्व भुक्तानीका साथै स्वास्थ्य परिक्षणका सेवा पनि उपलव्ध हुने उनले बताए । सवारी चालक अनुमतिपत्र लिन लामो लाईन लाग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि अनलाइन सेवाको शुभारम्भ गरिएको मन्त्री ज्वालाले बताए ।

उनले यसको कार्यान्वयनमा सक्रिय रुपमा लाग्ने र यसलाई प्रभावकारी रुप्मा अघि बढाउने जानकारी दिए । सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने लक्ष्यका साथ अन्य बिभिन्न निकायमा पनि अनलाईन प्रणाली लागू गर्दै जाने उनको भनाइ छ।

नयाँ व्यवस्थासंगै बायोमेट्रिक र परिक्षा दिन मात्रै यातायात कार्यालय जानुपर्ने मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.