Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ

0 15

Advertisement

१२ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। उनको बैंक खाता लेनदेनमा प्रयोग भएको देखिएकोले अनुसन्धानको दायरामा ल्याइएको हो।

यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। तीमध्ये १६ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने दुईजना धरौटीमा रिहा भएका छन्।

पुर्पक्षमा पठाइएकाहरुमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत छन्। यो प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.