Advertisement

हर्क साम्पाङ काेकाहाकाे पानी धरान ल्याउन सफल

0 10

Advertisement

 ३१ जेठ, काठमाडाैं । धरान बजारमा कोकाहा खोलाको पानी ल्याउन उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सफल हुनुभएको छ ।

कोकाहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका मेयर हर्क साम्पाङ अन्ततः पानी ल्याउन सफल हुनुभएको हो । झन्डै ४० किलोमिटर दूरी पार गरेर कोकाहा खोलाको पानी गए राति माया धराने साबुन उद्योग निर्माणस्थल नजिक पकुवा खोलामा झारिएको छ ।

मेयर हर्क साम्पाङ गएकाे आइतवार रातिदेखि पटनाली क्षेत्रमै पाइप जोड्न र तान्नमै व्यस्त हुनुहुन्थ्यो । श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपबाट कोकाेहाको पानी ल्याउन सफल भएपछि उहाँले भावुक भएर स्वदेश र विदेशका दाता, सङ्घ–संस्था, श्रम अभियानमा संलग्नहरूलाई धन्यवाद दिनुभएको उपमहानगरपालिकाले जनाएको छ ।

अब कोकाहा खोलाको पानीले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने विश्वास लिएको मेयर साम्पाङले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.