Advertisement

नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचियो : प्रधानमन्त्री

0 17

Advertisement

२२ जेठ, काठमाडौं । संसद्‌बाट दुईदुई पटक पारित भएर राष्ट्रपतिकहाँ पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेको प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचिएको रुपमा अर्थ्याएका छन्।

सोमबार प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले भने- ‘राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण नगरीकन होल्डमा राख्नुभयो। त्यतिबेलै पनि कुरा उठेको कि संविधानको मर्म र भावना अनुसार राष्ट्रपतिले त्यसलाई होल्ड गर्नु हुँदैनथ्यो। त्यसो गर्दा संविधान मिचिएको थियो।’

उनले संविधानमै राष्ट्रपतिलाई संविधानको संरक्षक र पालक भनिएको भए पनि राष्ट्रपतिबाट नै संविधानको उल्लंघन भएको प्रधानमन्त्रीको भनाइ छ।

उनले भने, ‘संविधानमा स्पष्ट शब्दमा राखिएको प्रावधान, एकपटक सदनबाट पास भएर गएको विधेयकलाई राष्ट्रपतिले नोट सहित फिर्ता पठाउन सक्ने, र अर्को पटक पनि पारित भएर गएपछि १५ दिनभित्र अनिवार्य रुपमा त्यसलाई प्रमाणीकरण गर्नुपर्ने हाम्रो संवैधानिक व्यवस्था हो। हामी सबैलाई थाहा छ, हिजो त्यो संवैधानिक व्यवस्थाको उल्लंघन भयो। संविधानको मर्ममाथि बडो निर्मम ढंगले प्रहार भयो।’

उनले संविधानमा यदि वा तर नभएता पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको बताए। ‘केही पनि नभएको ठाउँमा र अपरिहार्य र अनिवार्य रुपमा प्रमाणीकरण नगरेर ठूलो क्राइसिसमा संविधान पुगेको थियो’, उनले भने।

उनले मिचिएको संविधानलाई ट्र्याकमा ल्याउने वैधानिक र संवैधानिक उपायको खोजी गर्ने क्रममा मन्त्रिरिषद्ले विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.