Advertisement

राममाया कुँवर कार्यवाहक महालेखापरीक्षक नियुक्त

0 85

Advertisement

१८ जेठ, काठमाडाैं । उपमहालेखापरीक्षकको जिम्मेवारीमा रहेकी राममाया कुँवर कार्यबाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी छिन् । उनले जेठ ८ गतेदेखि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी हुन् ।

संवैधानिक निकाय कार्य सञ्चालन नियमावली अनुसार महालेखापरीक्षकको कार्यालयमा कार्यरत ज्येष्ठ उपमहालेखापरीक्षकमध्ये ज्येष्ठ उपमहालेखापरीक्षकले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हाल्ने कानूनी व्यवस्था छ ।

महालेखापरीक्षक टंकमणि शर्मा ६ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएपछि कुवँरले नयाँ महालेखापरीक्षक नियुक्त नभएसम्मका लागि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी हुन् ।

कुँवर कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी प्राप्त गर्ने दोस्रो महिला हुन् । यसअघि उपमहालेखापरीक्षकविमला सुवेदीले पहिलो कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी थिइन् ।

उपमहालेखापरीक्षक कुँवर साउन २२ गते पाँच वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले सोही दिनसम्म कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

उपमहालेखापरीक्षकको पहिलो नम्बरमा रहेकी उपमहालेखापरीक्षक कुँवर करिब पाँच वर्षदेखि उपमहालेखापरीक्षकको जिम्मेवारीमा छिन् । विसं २०७५ साल साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षकबाट कुँवरलाई उपमहालेखापरीक्षकमा बढुवा गरेको थियोे । उपमहालेखापरीक्षकको दोस्रो नम्बरमा महेश्वर काफ्ले रहेका छन् ।

यस्तो छ कुँवरको सरकारी यात्राः

महालेखा परीक्षकको कार्यालयमा कार्यबाहक महालेखापरीक्षक बनेकी राममाया कुँवर खड्काले मुखिया पदबाट निजामती सेवाको यात्रा सुरु गरेकी हुन् ।

विसं २०२४ बैखाख १ गते लुमजुङमा जन्मिएकी उनका बुवा बलबहादुर खड्का र माता पूर्णीमाया हुन् । उनले २०४९ सालमा मुखियाको परीक्षा पास गरी सेवा सुरु गरेकी हुन् । वन विभाग काठमाडौंबाट सेवाको सुरु गरेकी उनले यहाँ तीन वर्ष काम गरेपछि २०५३ सालमा प्रशासन समूहकी खरिदार बनिन् । खरिदार भएपछि तत्कालीन भूमिसुधार विभाग, सुकुम्वासी आयोग तथा लोकसेवा आयोगमा काम गरिन् ।

विसं २०५९ सालमा शाखा अधिकृत बनेकी उनी त्यसयता महालेखापरीक्षकको कार्यालयमै कार्यरत छिन् । विसं २०६७ सालमा उपसचिव बनेकी कुँवर २०६९ सालमा सहसचिव र २०७५ साउनदेखि सचिवमा बढुवा भएकी हुन् । कुँवरले मास्टर अफ विजनेश स्टडिज र जनप्रशासन विषयमा स्नाकोत्तर छिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.