Advertisement

बलिउड अभिनेत्री कंगनाको आग्रह : कृपया संसारलाई मानिसबाट बचाउनुहोस्

0 25

Advertisement

१८ जेठ, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले सगरमाथा क्षेत्र (क्याम्प फोर)मा मानिसले गरेको फोहेरको भिडियो शेयर गर्दै संसारलाई मानिसको व्यवहारबाट बचाउन आग्रह गरेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटर एक भिडियो शेयर गर्दै उनले विश्वको सर्वोच्च शिखर क्षेत्रमा मानिसका कारण फोहोर जम्मा हुनु निकै दुःखदायी रहेको उल्लेख गरेकी छिन् । भगवानको प्रिय सम्झने मानिसको वास्तविकता जाँच गर्नुपर्ने अवस्था आएको धारणा पनि उनले व्यक्त गरेकी छिन् ।

सगरमाथा क्षेत्रको क्याम्प फोरमा जम्मा भएको फोहोरको थुप्रो देखिने भिडियो देखाउँदै उनले भनेकी छन् ‘यो दृश्य हेर्नुस्, तपाईंलाई महसुस हुन्छ कि भगवानका लागि मानिसहरू खासमा सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिसहरू जहाँ जान्छन्, त्यहाँ आफ्नो दुर्गन्ध र फोहोरको पदचिह्न छाड्छन । कृपया संसारलाई मानिसबाट बचाउनुहोस् ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.