Advertisement

रास्वपा सभापति रवि लामिछाने पनि भारत प्रस्थान

0 36

Advertisement

१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन्।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन्। ढकालले भने, ‘सभापतिज्यू पत्‍नी निकिता पौडेललाई साथमा लिएर व्यक्तिगत कामको सिलसिलामा भारतको मुम्बई जानु भएको हो।’

पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन्।

यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए। उनले रविलाई भारत भ्रमणको निम्तो दिएको पनि रास्वपाका एक नेताले बताएका थिए।

तर, रास्वपाले भने रविको भारत भ्रमणबारे पार्टीमा कुनै औपचारिक निर्णय भने गरेको छैन। यस भ्रमणका क्रममा पनि कुनै राजनीतिक अथवा धार्मिक भेट हुने भन्‍ने विषय भने खुल्‍न सकेको छैन।

रवि यसअघि गत पुस ११ गते प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, नागरिकता विवादमा उनले माघ १३ गते सबै पद गुमाएका थिए।

त्यसपछि रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको ४२ दिनपछि माघ २२ मा बाहिरिएको थियो।
तर, वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट विजयी भएपछि रवि फेरि प्रचण्डसँग संवादमा थिए। त्यसयता प्रचण्डसँग पटक पटक गोप्य संवाद गरेका रविले आफूलाई मन्त्री बनाउने सुनिश्‍चितता नपाएपछि सरकारबाट बाहिरिएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.