खानेपानी मन्त्रालयका लागि छुट्याइयो २८ अर्ब १६ करोड रुपैयाँ
१५ जेठ, काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सोमबार संसद बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।