Advertisement

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

0 28

Advertisement

१४ जेठ, काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना छ। प्रि–मनसुन जारी रहेको र स्थानीय वायुका साथै पश्चिम

न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमविद् लामिछाने बताउँछन् ।

आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति पनि सोही किसिमको मौसमी प्रणाली कायम रहनेछ। तराई क्षेत्रमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.