Advertisement

रवि लामिछानेलाई छाडेन मुद्दा ममिलाले, एउटै व्यक्तिपछि सधै कानुनी उल्झन् (भिडियो)

0 8

Advertisement

१२ जेठ, काठमाडौं । शिखरमा पुग्न गाह्रो, पुगेपछि अडिन अझै गाह्रो । राजनीतिमा पनि यो नियम लागू हुन्छ । कुनै व्यक्ति राजनीतिको शिखरमा पुग्यो वा उसले राजनीतिक सफलता प्राप्त गर्यो भने उसका, उसैले बिर्सेका कमजोरी पनि अरुले सम्झेर सतहमा ल्याइ दिन्छन् ।

यहि भएर राजनीतिज्ञहरुका विगतका काण्डहरु सधै कोट्याउने गरिन्छ । कमजोरीमाथि प्रहार पनि हुने गर्छ । तर यस्तो प्रहारको कुनै सिमा हुन्छ कि ?

एउटै व्यक्तिलाई अनवरत, लखटेको लखटै, योजना, धन्दा वा मूल काम नै त्यही बनाएर भइरहन्छ भने के त्यो स्वभाविक हुन जान्छ ?

नागरिकता प्रकरण, राहदानी प्रकरणमा एकपछि अर्को मुद्दाको मामिला नसकिएपछि यो प्रश्न रास्वपाका सभापति रवि लामिछानेले सोधेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मामिला फेरि सर्वोच्च अदालतमा दर्ता भएको छ ।

यो सँगै सेलाएको भनिएको मामिला पुनः व्युँतिने आँकलन पनि भइरहेको छ । युवराज पौडेल (सफल) ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनि पेश गरेको रिट नंं. ०७९–डब्लूसी–००८६ मा दर्ता भएसँगै जेठ १७ गते पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार रिट दर्ता गर्न आदेश दिएको थियो ।

रिटमा लामिछानेले पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको जिकिर गरिएको छ ।

रिटमा भनिएको छ, ‘विपक्षी र रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९\१०\ १३ गतेको आदेशले कायम नरहेको भनी घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन र नेपाली नागरिकता कायम हुन वा पुनः प्राप्त भएको मान्न सकिंदैन ।’

त्यस्तै ‘नेपालको संविधानको धारा ८७ (१) (क) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१ (ख) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एवं निर्णय लगायतका सम्पूर्ण कार्यहरु खारेज गरी पाऊँ।” रिटमा भनिएको छ ।

फेरि मुद्दा परेपछि रविको दिक्दारी : भन्छन्– इरिटेट गर्ने पनि सीमा हुन्छ !

आफुविरुद्ध फेरि मुद्दा दर्ता गरिएपछि सभापति लामिछानेले हैरान गर्नुको पनि सीमा हुने भन्दै फेसबुकमाफर्त आक्रोश पोखेका छन् ।

पटक पटक नागरिकताका विषयमा आफूमाथि मुद्दा हालिनुले आफु इरिटेट भएको उल्लेख गरेका छन् ।

लामिछानेले लेखेका छन्–मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ । साथै केही बुँदा नै उल्लेख गर्दै आफुले प्रक्रिया पुरा गरेको दाबी गरेका छन् ।

रोष्ट्रमबाटै कांग्रेस सांसदले नागरिकताको प्रसंग उठाएपछि संसदमा खैलाबैला !

बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा काँग्रेस सांसद अजयकुमार चौरसियाले लामिछानेको नागरिकता र रास्वपाका निलम्बीत सांसद ढाकाकुमार श्रेष्ठ सम्बन्धि विवादबा बोले ।

सांसद चौरसियाको यो अभिव्यक्तिपछि अदालतमा विचाराधिन विषयलाई संसदमा उठाएको भन्दै लामिछानेलगायत रास्वपाका सांसदहरुले चौरसियाको बिरोध गरे ।

सभापति लामिछानेले चौरसियाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । नागरिकता प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि उल्लेख गर्दै अदालतमा विचाराधिन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सचेत गराए ।

यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपु¥याएर पुनः नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो ।

अदालतको फैसलासँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो । त्यसपछि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए । तर लामिछानेले पुनःनागरिकता लिँदा प्रक्रिया नपु¥याई लिएको भन्दै अहिले फेरि युवराज सफलले मुद्दा हालेका हुन् ।

ढाकाकुमारको रिटमा आएन अन्तरिम आदेश,  रास्वपा उपसभापति र महामन्त्रीको प्रष्टोक्ति !

यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घूस मागेको अडियो सार्वजनिक भएपछि पार्टीको कारवाहीमा परेका रास्वपाका नेता डा. ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट पनि हटाएको थियो । त्यस विरुद्ध श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा निवेदन दिएका थिए ।

अडियोमा कोर टिमलाई पैशा बुझाउनुपर्ने उल्लेख गरेका ढाका कुमारले उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले २ करो ८४ लाख रुपैयाँ लिएर समानुपातिक सांसद बनाएको भन्ने अपुष्ट खबर बाहिरिएका छन् ।

यो खबर विभिन्न सञ्चारमाध्यममा बाहिरिएपछि पार्टी उपसभापत अर्याल र प्रवक्ता ढकालले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

दुबैले फेसबुकमा स्ट्याटस लेख्दै –यस्ता समाचार मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउन कि भनेर सार्वजनिक गरिएको दाबी गरेका छन् ।

साथै भ्रामक समाचार प्रकाशन गर्नेविरुद्ध कानुनी उपचार समेत खोजिने समेत उल्लेख गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.