Advertisement

ढोरपाटनमा यस वर्षको सिकार याम सकियो, ३ झारलको भएन सिकार

0 8

Advertisement

०१ जेठ, बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ। सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो।

दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र ६ झारलको सिकार भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि ९ झारलको कोटा निर्धारण गरे पनि ३ झारलको सिकार भएन।

हिमालयन सफारिज प्रालिबाट आएका ३ विदेशी सिकारीले यसपटक निर्धारित कोटामा ३ झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। बोलपत्र प्रक्रियाबाट छानिएका ७ कम्पनीमार्फत् ८ देशका पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा सिकार गरेका थिए।

यस पटक सिकारीले एक नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि ३ लाख १० हजारसम्म राजस्व तिरेका थिए। पहिलो याममा १ नाउरको २० लाख ५ हजार र झारलको ६ लाख रुपैयाँ राजस्व बुझाइएको थियो।

सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ।

यस वर्षको पहिलो सिजनमा ८ नाउर र ६ झारलको सिकार कोटा निर्धारण गरिए पनि ७ नाउर र ५ झारलको सिकार भएको थियो। आरक्षमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्।
अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.