Advertisement

सदन बस्नुअघि देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक

0 83

Advertisement

११ जेठ, काठमाडौं। प्रतिनिधि सभामा सहभागी रहेका विपक्षी दलको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्ष दलको बैठक जारी छ।

कांग्रेसहित विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ। समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको छ।

प्रतिनिधिसभाको बैठक अहिले ११ बजेका लागि बोलाइएको भए पनि सभामुख देवराज घिमिरे कार्यदल र विपक्षी दलको बैठकको निर्णय पर्खेर बसिरहेका छन्।

सभामुखले यसअघि सरकारसँग मिलेर बहुमतको बलमा पेलेको भन्दै विपक्षी दलहरु असन्तुष्ट छन्। आज समितिको टीओआरमा सहमति नजुटेपनि सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित गर्ने सरकारको तयारी छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.