Advertisement

दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि प्रहरी फन्दामा

0 21

Advertisement

३१ बैशाख, काठमाडौं । दुबईबाट काठमाडौं आइपुगेका तीन जना करिब १५ तोला सुनसहित पक्राउ परेका छन्। हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो।

पक्राउ पर्नेमा मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी छन्। विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम सुन बरामद भएको थियो। त्यस्तै विमला र सिर्जनाले ल्याएको ६०-६० ग्रामको सुनको औंठी बरामद भएको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।

सोधपुछ गर्दा तीनै जनाले उक्त सुन आफूहरूको नभएको बताएका थिए। अरुको सुन बोकेर आएको बताएपछि प्रहरी उनीहरूलाई पछ्याउँदै पार्किङ क्षेत्रसम्म पुगेको थियो।
पार्किङ क्षेत्रमा सुन लिन बसेका रामेछापका सुरेन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुबईबाट फर्किएका तीनै जनाले भरियाका रूपमा सुन ल्याएको प्रहरीको भनाइ छ।

‘वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह सक्रिय छ। प्रहरीले त्यसतर्फ विशेष निगरानी बढाएको छ। आज पक्राउ परेका त्यस्तै गिरोहमध्येको एक हो। यस विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं,’ विमानस्थल प्रहरीले स्रोतले अन्नपूर्णसँग भन्यो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.