Advertisement

कागेश्वरी मनोहरा मुलपानी क्रिकेट मैदानमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता भोलिबाट

0 41

Advertisement

२१ बैशाख, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मूलपानी क्रिकेट मैदानमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । दुई खेल हुने उक्त प्रतियोगितामा कागेश्वरी मनोहरा महिला टोलीले भरतपुरको मुनस्टार स्पोटर्स एकेडेमीको सामना गर्नेछ ।

नवनिर्मित मूलपानी क्रिकेट मैदानमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । शुक्रबार र शनिबार हुने उक्त खेल बिहान साढे ९ बजे सुरु हुने आयोजक कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आकर्षणको रुपमा रहेको उक्त क्रिकेट मैदानमा नेपालले उपाधि जितेको एसीसी प्रिमियर कपका ११ वटा खेल हालै सम्पन्न भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अभाव भइरहेका बेला मूलपानीमा निर्माण गरिएको उक्त क्रिकेट मैदान क्रिकेट खेल प्रेमिका लागि आकर्षण रहेको बताइन्छ ।

सुन्दर हिमालयको दृश्यसमेत क्याप्चर गर्न सकिने मूलपानी क्रिकेट मैदानको विशेषता हो । प्रकृतिसँग क्रिकेट खेललाई जोडेर विश्वमाँझ नेपाललाई परिचित गराउन मूलपानी क्रिकेट मैदान सफल हुने विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सकिए उक्त मैदानमा उद्देश्यमा पुग्न धेरै समय नलाग्ने जानकारहरु बताउँछन् । नेपाल क्रिकेट संघले नगरपालिकासँग समन्वय गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन ध्यान केन्द्रित गर्नुपर्ने खेलप्रेमिहरु बताउँछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.