Advertisement

मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलले ल्यायो विशेष अफर

0 9

Advertisement

०७ बैशाख, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निःशूल्क वार्षिक शुल्क ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ । “माया स्वरुप उपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिनासम्म संचालनमा रहने छ ।

यो अवधिभित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने गा्रहक वर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क ५० प्रतिशत छुट पाउन सक्नेछन । ग्राहकले रु ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ३ लाख ग्राहकले क्यास, आफ्नो शेयर, पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो दुवै गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ। ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.