Advertisement

सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरूकाे बैठक सकियाे, टीआरसी सर्वस्वीकार्य बनाउने सहमति

0 15

Advertisement

बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

बैठकमा संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउनेबारे सहमति भएकाे सभामुख देवराज घिमिरेकाे सचिवालयले जनाएकाे छ । 

यसका विषय र प्रक्रियाका बारेमा पुनः छलफल गर्नेगरी नेताहरू उठेका छन् । संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्वका बारेमा पनि बैठकमा छलफल भएकाे छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी थिए । 

महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालले पनि बैठकमा भाग लिएका थिए । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.