Advertisement

पोशाक र पाठ्यपुस्तक तोकेकै स्थानबाट खरिद गर्न बाध्य पारे काठमाडौं महानगरले कार्बाही गर्ने

0 12

Advertisement

२६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई आफ्नै विद्यालयबाट पोशाक र पाठ्यपुस्तक खरिद गर्न बाध्य पारे कार्बाही गर्ने चेतवानी दिएको छ।

आइतबार काठमाडौं महानगरपालिका शिक्षा विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधनसहित) मा व्यवस्था भए अनुसार विद्यालयहरु आफैंले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने उल्लेख गरेको छ।

विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको उल्लेख गर्दै कतिपय विद्यालयले विद्यार्थी तथा अभिभावकलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेसनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको गुनासो बारम्बार शिक्षा विभागमा आउने गरेको जनाएको छ।

महानगरपालिकाले सम्पूर्ण संस्थागत विद्यालयहरुलाई अनिवार्य रुपमा निर्देशिका बमोजिम मात्रै काम गर्न निर्देशनसमेत दिएको छ। महानगरपालिकाले नियम उल्लंघन गरेको पाइएमा कानुन बमोजिम आवश्यक कारबाही गरिने र सोको जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्नेसमेत चेतावनी दिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.