Advertisement

औषधि भन्दै खाद्यपूरक सामग्री बिक्री र सञ्चय गर्छन् फार्मेसी

0 14

Advertisement

०४ चैत, धनगढी । धनगढीका औषधि पसलमा नियमविपरित औषधिका रुपमा खाद्यपुरक सामग्री बिक्री हुने गरेको फेला परेको छ। ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक सामग्री) फार्मेसीमा औषधिका रूपमा खुलेआम बिक्री हुने गरेको फेला परेको हो।

औषधि व्यवस्था ऐन अन्तर्गत सञ्चालित फार्मेसी खाद्यपूरक सामाग्री बिक्रीका लागि कानुनसम्मत हुँदैनन्। खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका आहारपुरक सामग्रीको सिफारिससमेत चिकित्सकले गर्न पाउँदैनन्। यसको सिफारिस गर्ने अधिकार पोषणविद्लाई मात्रै हुन्छ।

तर, चिकित्सकहरु नै यस्ता सामग्रीको खुलेआम सिफारिस गरिरहेका छन्। औषधि व्यवस्था विभागको कार्यालय नेपालगञ्जका दीपेन्द्रकुमार शाहका अनुसार धनगढी बजारमा रहेका फार्मेसीबाट ती सामाग्रीको व्यापार भइरहेको छ। उनका अनुसार पोषणविद्लाई छल्दै विशेषज्ञ चिकित्सकले यसको सिफारिस गरिदिन्छन् र सेवाग्राहीमार्फत् मोटो रकम लिएर फार्मेसीले व्यापार चलाइरहेका छन्।

जिल्ला प्रशासनको नेतृत्वमा भएको अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित एसएमडी मेडिसिन डिस्ट्रिव्यूटर्सले सो औषधि बिक्री वितरण गरेको उल्लेख थियो भने मनकामना मेडिको सेन्टरले सञ्चय गरेको पाइएको छ।

धनगढीका ३३ फार्मेसी अनुगमन गर्दा दुई पसलमा सो त्रृटी फेला परेको थियो भने नौ वटा पसल बन्द अवस्थामा रहेका थिए। बिरामीलाई डाक्टरले औषधि सिफारिस गरिदिएको आधारमा फार्मेसीले आहारपूरक सामाग्रीसमेत बिक्री गरिरहेको देखिएको शाह बताउँछन्।

खाद्यपूरक सामाग्री खाद्य वस्तुको रूपमा उपभोग गर्ने गरिन्छ। यसलाई औषधिको रूपमा प्रयोगमा ल्याउनु गलत मानिन्छ। औषधि व्यवस्था विभागको औषधि ऐनको दफा २५ अनुसार २०४९ सालको राजपत्रमा प्रकाशित सूचनाको आधारमा त्यस्ता उत्पादन नियन्त्रण गर्ने व्यवस्था छ।

नेपाली बजारमा बिक्री वितरण हुने सबै खाद्यपूरक विदेशबाट आयात हुन्छ। क्याप्सुल, ट्याबलेट, झोल पदार्थमा बन्ने त्यस्ता वस्तु उत्पादन गर्न नेपालमा कसैलाई पनि स्वीकृति दिइएको छैन।

यस्तै, निरीक्षणका क्रममा धनगढीका केही फार्मेसीहरुले लागु तथा मनोद्दिपक औषधिको रेकर्ड नराखेको र सामुदायिक फार्मेसीमा एसिटाडोल ट्याब्लेट सञ्चय गरेको पनि पाइएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.