Advertisement

अबदेखि विदेशी पर्यटकले ट्रेकिङ जाँदा अनिवार्य गाइड राख्नुपर्ने

0 52

Advertisement

१९ फागुन, काठमाडौं । अबदेखि ट्रेकिङमा जाँदा विदेशी पर्यटकहरूले अनिवार्य रूपमा गाइड साथमा राख्नुपर्ने भएको छ । बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बैठकले नेपालको कुनै पनि गन्तव्यमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था आगामी अप्रिल १ बाट लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटकहरू एक्लै भ्रमणमा जाने गरेका थिए ।

अहिले एफआईटी र सामूहिक रूपमा लिने टिप्स कार्डको मूल्य फरक छ । एक्लै भ्रमणमा जानेहरूले दुई हजार र सामूहिक भ्रमण जानेहरूले एक हजार रुपैयाँ तिर्नुपर्छ ।

बोर्डले एफआईटी प्रणाली बन्द गरेसँगै अब विदेशी पर्यटकले टिप्स कार्ड लिँदा दुई हजार रुपैयाँ तिुर्नपर्ने छ ।

पर्यटक र गन्तव्य सुरक्षित हुने अपेक्षा

एफआईटी प्रणालीले गर्दा पर्यटकको गन्तव्य पक्का नहुने र हराउने समस्या थियो । त्यसले गर्दा गन्तव्य असुरक्षित हुने अवस्था थियो ।

“टिप्स एक ठाउँको लिने र अर्काे ठाउँमा गएर बस्ने गरेको भेटियो । जसले गर्दा गन्तव्य असुरक्षित हुने समस्या आएको थियो,” बोर्ड निर्देशक लामिछाने भने ।

पर्यटकहरूको गन्तव्य र सुरक्षामासमेत बारम्बार प्रश्न उठ्ने गरेको थियो । यस प्रकारको समस्या समाधानका लागि एफआईटी प्रणालीमार्फत टिप्स लिने व्यवस्था बन्द गरेको निर्दशक लामिछानेले बताए ।

“एफआईटी प्रणालीले गर्दा पर्यटकहरू हराउने र कतिवय अवस्थामा मृत्यु भेटिने अवस्था थियो । जसले गर्दा पर्यटक र उनीहरूको सुरक्षामा प्रश्न उठ्यो,” निर्देशक लामिछानेले भने, “नयाँ व्यवस्था लागु भएपछि सुरक्षा र गन्तव्यमा समेत सुधार हुने अपेक्षा गरेर यस्तो निर्णय गरेका हौँ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.