Advertisement

महिला ट्वान्टी–२० विश्वकपको उपाधिमा दोस्रोपटक ह्याट्रिक

0 24

Advertisement

१५ फागुन, एजेन्सी । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको उपाधिमा अस्ट्रेलियाले दोस्रोपटक ह्याट्रिक गरेको छ । दक्षिण अफ्रिकाको केप टाउनमा आइतबार सम्पन्न फाइनलमा घरेलु टिमविरुद्ध १९ रनको जित निकाल्दै अस्ट्रेलियाले विश्वकपमा दोस्रोपटक लगातार उपाधि जितेको हो ।

सन् २००९ देखि सुरु भएको विश्वकपको आठ संस्करण समाप्त हुँदा अस्ट्रेलियाले ६ संस्करणको उपाधि जितेको छ । पहिलो संस्करणबाहेक सबै संस्करणको फाइनल खेलेको अस्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ को उपाधि जित्दै ह्याट्रिक गरेको थियो । सन् २०१६ को विश्वकपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको अस्ट्रेलियाले त्यसपछि भने सन् २०१८, २०२० र अहिले २०२३ को उपाधि जित्दै विश्वकपमा दोस्रोपटक ह्याट्रिक गरेको हो ।

आइतबार केप टाउनमा अस्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो ।

१५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाकी ओपनर लौरा वुल्भार्टिटले ६१ रन बनाएपनि टिमलाई जितसम्म डोहोर्‍याउन सकिनन् । क्लोइ ट्राइअनले २५, मारिजान कापले ११ र ताज्मिन ब्रिट्सले १० रन बनाइन् ।

अस्ट्रेलियाका मेगन सट, अस्लेघ गार्डनर, डार्सी ब्रोन र जेस जोनासनले समान एक विकेट लिशए ।

अस्ट्रेलियाका बेथ मुनीले अविजित ७४ रन बनाइन् । मुनीले ५३ बलमा नौ चौका र एक छक्का प्रहार गरिन् । अस्लेघ गार्डनरले २८, एलिसा हेलीले १८ रन जोड्दा ग्रेस ह्यारिस र कप्तान मेग लानिङले समान १० रन बनाइन् ।

दक्षिण अफ्रिकाकी सबनिम इस्माइल र मारिजान क्लापले समान दुई विकेट लिए । नोन्कुलुलेका एमलाबा र क्लोई ट्राइअनले एक–एक विकेट लिए ।

महिला विश्वकपका दक्षिण अफ्रिका भने पहिलोपटक फाइनलमा पुगेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.