Advertisement

रुसको सदस्यता एफएटीएफको निलम्बनमा, युक्रेनले गर्‍यो स्वागत

0 25

Advertisement

१३ फागुन, बीबीसी । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले रुसको सदस्यता निलम्बन गरेको छ । युक्रेनसँगको युद्धका क्रममा रुसले संस्थाका सिद्धान्तहरू उल्लङ्घन गरेको जनाउँदै एफएटीएफले शुक्रबार सदस्यता निलम्बन गरेको हो । 

युक्रेनमा रुसी आक्रमणको एक वर्ष पूरा भएको अवसरमा एफएटीएफ कदम चालेको हो ।

एफएटीएफ सम्पत्ति शुद्धीकरण र आतंकवादसँग सम्बन्धित पैसालाई रोक्नका लागि विश्वव्यापी मापदण्डहरू तय गर्ने एक अन्तर्राष्ट्रिय संगठन हो ।

“रुसका क्रियाकलापहरू एफएटीएफको मूल सिद्धान्तविरीतका छन् । रुसले अन्तर्राष्ट्रिय सहयोग र पारस्परिक सम्मानको प्रतिबद्धतालाई पनि उल्लङ्घन गरेको छ, ” विज्ञप्तिमा भनिएको छ ।

युक्रेनले एफएटीएफको निर्णयको स्वागत गरेको छ ।

युक्रेनले रुसलाई एफएटीएफबाट हटाउन माग गर्दै आएको छ । तर, निलम्बनपछि पनि रुस एफएटीएफको सदस्य रहनेछ ।

बीबीसीबाट ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.