Advertisement

युट्युब मोबाइल एपमा “१०८०पी प्रिमियम” स्ट्रिम विकल्पको परीक्षण शुरु

0 44

Advertisement

१३ फागुन, काठमाडौं । युट्युबले मोबाइल एपबाट युट्युब स्ट्रिम गर्ने प्रयोगकर्ताहरूको लागि नयाँ विकल्पको परीक्षण गरिरहेको छ। रेडिट प्रयोगकर्ता यू/केजेडईडीयूके (दिश इज टेक टुडे मार्फत) ले पत्ता लगाएअनुसार, “इन्ह्यान्स्ड बिटरेट” सहितको “१०८०पी प्रिमियम” भनी वर्णन गरिएको स्ट्रिम गुणस्तरको लागि नयाँ विकल्प देखा परेको छ। युट्युब प्रिमियम प्रयोगकर्ताहरूको लागि उक्त नयाँ स्ट्रिम विकल्प ‘नियमित’ १०८०पी विकल्पको साथैमा उपलब्ध हुने बताइएको छ।

दिु इज टेक टुडेले नयाँ “हाई–बिटरेट” १०८०पी विकल्पले प्रयोगकर्ताहरूको उच्च–गुणस्तरको भिडियोहरू हेर्ने इच्छालाई सम्बोधन गर्ने अनुमान गरेको छ। उक्त नयाँ विकल्पले मोबाइलबाट उच्च गुणस्तरको भिडियो हेर्ने प्रयोगकर्ताहरूको इच्छा पूरा गर्न युट्युबको सञ्चालन लागत अफसेट गर्न सक्ने बताइएको छ।

युट्युबकी सीईओ सुसान वोजिस्कीको प्रस्थानको खबर पछि १०८०पी प्रिमियम स्ट्रिम विकल्प आएको बताइएको छ। यद्यपि यो परिवर्तन नील मोहन नयाँ सीईओ भएपछि लिईएको परिणाम हो वा होइन भनेर पुष्टि हुन भने बाँकी नै रहेको बताइएको छ।

त्यसैगरी एन्ड्रोइड पुलिसले पनि “१०८०पी प्रिमियम” भिडियो विकल्पले ६०एफपीएस र १२०एफपीएस भिडियोहरूलाई युट्युब प्रिमियम पेवाल पछाडि राख्न सक्ने अनुमान गरेको उल्लेख गरिएको छ।

गत डिसेम्बरमा युट्युब प्रिमियमले प्रिमियम सदस्यताको साथ मोबाइलमा एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूको लागि “एड टु क्यू” फिचर परीक्षण गरेको बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.