Advertisement

‘सेल्फी’ फेब्रुअरी २४ बाट रिलिज, सेल्फीले फर्काउला अक्षयको भाग्य ?

0 48

Advertisement

१२ फागुन, मुम्बई । सन् २०२३ सुरु भएको दुई महिना पुग्दै छ । यो दुई महिनामा बलिउडमा विगत दुई वर्षयता नभएको सुखद परिणाम देखियो । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि यसले दुई वर्षयता नदेखिएको बक्सअफिस माहोललाई कमव्याक गराइदियो । शाहरुख पछि अक्षय कुमार नयाँ फिल्म लिएर दर्शकमाझ फर्कदैछन् ।

विगतभन्दा बढी मेहनत
अक्षयको फिल्म ‘सेल्फी’ भोलि अर्थात फेब्रुअरी २४ बाट रिलिज हुँदैछ । पछिल्लो कैयौं हप्तादेखि अक्षय फिल्मको प्रमोसनमा व्यस्त छन् । उनले फ्यानसँगै सेल्फी लिएर गिनिज बुकमा नाम लेखाइसकेका छन् । त्यसो त यसअघि पनि अक्षयले आफू अभिनित फिल्मको प्रमोसन नगरेका होइनन्, तर यसपटकको प्रमोसनमा उनले बढी नै मेहनत गरेका छन् । कारण हो, खराब बनेको वर्ष २०२२ ।

हरेक वर्ष झैं सन् २०२२ को सुरुवात पनि कैयौं आशाका साथ भएको थियो । सन् २०२२ मा अक्षयको मात्रै पाँच फिल्म रिलिज भए । प्रायः हरेक वर्ष बढीमा उनका चार फिल्म रिलिज हुँदा सन् २०२२ मा पाँचौं फिल्म रिलिज हुने नयाँ कुरा थिएन । तर पाँच फिल्मले बक्सअफिसमा भने फ्लप नै भए । अक्षयको करियरमा सायदै यदी दुःखद क्षण यसअघि थिएन, जुन एकै वर्ष आफ्ना पाँच फिल्म फ्लप हुनुले देखायो ।

सीमाभन्दा खराब २०२२
अक्षयका लागि सन् २०२२ भन्दा अघि सन् १९९८ खराब वर्ष थियो, जब उनको सो वर्ष रिलिज तीन फिल्म फ्लप भए । डिसेम्बर, १९९७ मा रिलिज फिल्म ‘आरजु’बाट अक्षयको फिल्म फ्लप हुने सिलसिला शुरु भएको थियो । जुन डिसेम्बर, १९९९सम्म चल्यो । यो समय उनका लागि निकै समस्याग्रस्त समय थियो । यस्तै शैली उनले सन् २०२२ मा भोगे । सन् २०२२ मा उनी अभिनित ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ फ्लप भए ।

सेल्फीले फेर्ला भाग्य ?
आज अक्षयसँग कैयौं फिल्म छन् । तर यसका बाबजुद पाँच फिल्म फ्लप हुँदा पनि उनको ब्राण्डमा कुनै असर परेको छैन भन्ने कुरालाई नकार्न सकिँदैन । तर धेरै दर्शकमा अक्षयले ‘सेल्फी’मा केही कमाल गरिरहेका छन् भन्ने आशा कायमै छ ।

उद्योगमा आफ्तो स्टारडम र ब्राण्ड भ्यालूलाई कायमै राख्नका लागि अक्षयको नयाँ फिल्म ‘सेल्फी’हिट हुन आवश्यक छ । सन् २०२३ मा यदी उनले राम्रो सुरुवात गरे भने त्यसको फाइदा अक्षयको आउने अन्य फिल्मलाई पनि फाइदा हुनेछ । ‘सेल्फी’ सन् २०१९ मा रिलिज मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’को हिन्दी रिमेक हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.