Advertisement

रास्वपाले उपसभामुखको उम्मेदवार शुक्रबार टुंगो लगाउने

0 53

Advertisement

०५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखको उम्मेदवार शुक्रबार टुंगो लगाउने भएको छ। सो पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बस्ने बताए।

‘आजसम्म हामीलाई सभामुख महिला हुनुहुन्थ्यो कि पुरुष भन्ने थाहा थिएन। अब हामीलाई पुरुष सभामुख हुनुभयो भन्ने थाहा भयो। अब उपसभामुखका लागि महिला उम्मेदवार नै छान्नुपर्ने हुन्छ। त्यसका लागि भोलि ९ बजे संसदीय दलको बैठक बस्नेछौँ। हाम्रो बैठकले तय गर्छ,’ उनले भने।

बैठकमा छलफल नभइकन उपसभामुखको सम्भावित उम्मेदवारबारे भन्न नसकिने लामिछानेको भनाइ छ। ‘छलफल नै नभई सम्भावनाको कुरा हुने भएन,’ उनले भने।

सत्ता साझेदार दलहरुबीच रास्वपाले उपसभामुख पाउने सहमति भइसकेको लामिछानेले बताए।

सो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारको रुपमा हेरिएको छ। मंसिर ४ को निर्वाचनमा उनी काठमाडौं– २ बाट निर्वाचित भएकी थिइन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.