Advertisement

काठमाडौंमा डेरा खोज्दै सिके राउत

0 58

Advertisement

१२ पुस, काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरु काठमाडौं केन्द्रित भइरहेका छन्। केही दोहोरिएका सांसदहरुलाई काठमाडौंको बसाइ सहज भए पनि नयाँ निर्वाचित सांसदहरुलाई भने काठमाडौंमा डेरा खोज्ने चटारो छ।

तीनै व्यक्तिमध्येका एक हुन् सिके राउत । सिके राउत जनमत पार्टीका अध्यक्ष समेत हुन्। राउत पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचित भएर काठमाडौं पुगिसकेका राउतलाई डेराको चिन्ता देखिन्छ।

उनले मंगलबार ट्विटमार्फत काठमाडौंमा डेरा नभेटेको बताएका छन्। उनले ट्विट मार्फत ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गार्‍हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने’ भनेर लेखेका छन्।

राउतको पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेृत्वमा सरकारमा सहभागी भइसकेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.