Advertisement

घानालाई हराएको उरुग्वे विश्वकपबाट बाहिरियो

0 122

Advertisement

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ ।

अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो ।
उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे ।

खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए ।

तर, खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ ।

समूह ‘एच’ मा उरुग्वेले ३ खेलमा ४ अंक जोड्यो ।

उरुग्वे तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण कोरियासँग गोल अन्तरमा पछि पर्दा उरुग्वे समान अंक जोडेपनि बाहिरिएको हो ।

घाना पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

घानाले ३ खेलमा ३ अंक जोड्यो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.