Advertisement

पोर्चुगल नकआउट चरणमा

0 166

Advertisement

१३ मंसिर, काठमाडौं । पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ ।

लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो ।

पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे ।

खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । जसमा ब्रुनोले सहजै गोल गरे ।

यस जितसँगै पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ ।

पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ ।

यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.