Advertisement

नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो : शंकर पोखरेल

0 77

Advertisement

०९ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायीत्वमा चुनौती थपेको बताएका छन् ।

शुक्रबार नेकपा एमाले दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको यो जनमतले राजनीतिक स्थायीत्व थप संकटमा परेको बताएका हुन् ।

‘नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको छ त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतर्फ लैजाने कुरामा नयाँ प्रकारको चुनौती पैदा भएको छ,’ उनले भने, ‘हामीले विकास र समृद्धिका लागि धेरै राजनीतिक दलहरू होइन बलिया राजनीतिक शक्तिको आवश्यक्ता पर्छ भनेका थियौँ ।

यद्यपि, नेपालका प्रमुख दलहरू नेकपा एमाले र नेपाली कांग्रेस हुन् भन्ने कुराको सच्याइलाई परिणामले उजागर गरेको छ ।’ उनले त्यसका लागि नयाँ शिराबाट प्रयास गर्नुपर्ने अवस्था र आवश्यक्ता देखिएको बताए । उनले नेकपा एमालेले मुलुकलाई स्थायीत्वतर्फ लैजान गरेको प्रयास जनादेशका दृष्टिकोणले असफल भएको बताए ।

उनले नयाँ शक्तिहरू उदयलाई संकटका रूपमा चित्रित गर्दै राजनीतिक दलहरूले यसबाट मुलुकलाई बाहिर निकाल्न ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए ।

‘आज मुलुकले जुन प्रकारको संकट बेहोरिरहेको छ एउटा लामो कठिन संघर्षबाट सहिबाट अघि बढाउन सक्छौँ,’ उनले भने, ‘त्यसर्थमा नेपालका राजनीतिक दलहरूलाई स्वभाविक रूपमा यो चुनौतीलाई जिम्मेवारीका रूपमा बोध गर्दै, मुलुकलाई स्थायीत्वको दिशातर्फ लैजान पर्ने आवश्यक्ता ध्यान दिन अनुरोध गर्न चाहन्छु ।’

जनता निराश हुँदा विकल्पहरू आउने भन्दा पनि लोकतन्त्र संकट पर्न सक्ने कुरालाई सबै दलले बुझ्नुपर्ने बताए ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका पोखरेलले आफू राजकीय जिम्मेवारीबाट बाहिर रहनु परेको परिस्थितिलाई एमाले महासचविको हिसाबले मुलुकको राजनीतिलाई सहि दिशा प्रदान गर्ने एउटा अवसरका रूपमा लिएको बताए ।

उनले सरकार गठनका लागि एमालेले मात्रै नभएर सत्ता गठबन्धनले पनि ‘म्याण्डेट’ प्राप्त गर्न नसकेको बताए ।

‘सरकारी कसरी गठन गर्ने भन्ने प्रश्न यस्तो अवस्थमा राजनीतिक दलका सामू उत्पन्न भएको नयाँ परिस्थिति हो । सकेसम्म एजेन्डा आधिकारिक सरकार बनोस् भन्ने कुरामा हाम्रो जोड रहनेछ । स्वार्थमा होइन, नीति र एजेन्डामा आधारित सरकार बन्न सकोस् र अहिलेको समस्याबाट समाधान निकाल्न सकोस्,’ उनले भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.