Advertisement

अनेक विवाद सामना गर्दै विश्वकप आयोजक कतार

0 48

Advertisement

विश्वभरिबाट १५ लाख फुटबल प्रेमी कतार पुग्ने अनुमान

२० कार्तिक, एजेन्सी । विश्वकप फुटवल सुरु हुन दुई सातामात्र बाँकी छ । कतारमा हुन गइरहेको विश्वकपको २२औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ ।

कतारमा हुने विश्वकप हेर्न फुटबलको निर्णायक खेल हेर्नका लागि विश्वभरिबाट १५ लाख फुटबल प्रेमीहरू कतार पुग्ने अनुमान गरिएको छ । फुटवलको विश्व महासंग्राम मानिने विश्वकप सुरु हुन दुई साता बाँकी हुँदा विवाद भने कायमै छ ।

विवादको विषय के हो ?

विशेषगरी कतारको कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ ।

इस्लामिक शरीया कानुनअन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी मानिन्छ । यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना मात्र नभएर सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुनसक्छ ।

बीबीसीले उल्लेख गरेअनुसार कतार विश्वकपका आयोजकले उक्त देश घुम्न र फुटबल हेर्नका लागि ‘सबैलाई स्वागत’ गर्ने र कसैलाई भेदभाव नगर्ने जनाएको छ । तर, कतार विश्वकपका प्रमुख कार्यकारी नसर अल खातुरले सरकारले समलिङ्गीबारे आफ्नो कानुन परिवर्तन नगर्ने उल्लेख गरेका छन् । समाचारमा जनाएअनुसार उसले ‘आफूहरूको संस्कृति’को सम्मान गर्न आग्रह गरेका छन् ।

बीबीसीले उल्लेख गरेअनुसार उनले ‘कतारमा समलिङ्गी हुन् वा परलिङ्गी कुनै पनि जोडीहरूको सार्वजनिक स्नेह साटासाटलाई तिरस्कार गरिने’ बताएका छन् ।

ह्युमन राइट्स वाचले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनले कतारी सुरक्षा निकायले यौनिक अल्पसंख्यकभित्र फरक पहिचान भएका लेस्बियन, गे, र ट्रान्सजेन्डर समूहका मानिसलाई पक्राउ गरिरहेको जनाएको छ । कतिपय अवस्थामा उनीहरूलाई आफ्नो यौनिक अभिमुखीकरण परिवर्तनका लागि समेत दबाव दिइएको प्रतिवेदनमा दाबी गरिएको छ । तर, उक्त प्रतिवेदनमा उक्त गरिएको आरोपलाई कतारको सरकारले ‘झुटो आरोप’ भएको बताएको छ ।

कतार सरकारको यौनिक विभदेलाई लिएर अस्ट्रेलियाको फुटबल टोलीले एउटा भिडिओ सार्वजनिक गर्दै समलिङ्गिबीचको सम्बन्ध गैरकानुनी करार गर्ने कानुन खारेज गर्न कतारलाई आग्रह गरेको छ ।

उक्त भिडिओमा यो फुटबल टोलीले विश्वकपका लागि रंगशाला निर्माणमा खटिएका करिब ३० हजार आप्रवासी कामदारमाथि कतारी रोजगारदाताले गरेको व्यवहारको पनि आलोचना गरिएको छ ।

भवन लगायतका पूर्वाधार निर्माण क्षेत्रमा स्वास्थ्य र सुरक्षाको लापरबाहीका कारण कैयौँ कामदारहरू घाइते हुनुका साथै कतिपयको मृत्युसमेत भएको थियो । मानव अधिकारको सम्मानमा कतार चुकेको विरोधमा डेनमार्कका फुटबल खेलाडीहरूले आफूहरूले फिक्का कालो रंगका सामग्रीहरू मात्रै प्रयोग गर्ने बताइसकेको छ ।

समलिङ्गी प्रतिकुल कतारी कानुनको विरोध गर्न इंल्याण्डका क्याप्टेन ह्यारी केनसहित युरोपका नौ टोलीका क्याप्टेनहरूले हातमा वन लभ (एउटै माया) अंकित ब्यान्डहरू पाखुरामा बाँध्ने भएको बीबीसीको समाचारमा उल्लेख छ ।

यसअघिको विजेता फ्रान्स भएपनि पेरिससहित फ्रान्सका अन्य केही सहरहरूले विश्वकपका खेलहरू सार्वजनिक स्थानमा नदेखाउने भएका छन् ।

ब्रिटिश लैंगिक अल्पसंख्यक अधिकार अभियानकर्मी पिटर ट्याचेलले कतारको राजधानी दोहामा प्रदर्शन गर्दा आफूलाई पक्राउ गरेर सडक छेउमा नियन्त्रणमा राखिएको दावी गरेका छन् । तर, कतार सरकारले त्यसलाई पनि ‘झुटो भएको दावी गरेको छ ।
सन् २०१० मा फुटबलको नियामक निकाय फिफाको २२ सदस्यीय कार्यकारी सदस्यबीच भएको मतदानमा कतारले विश्वकप आयोजना गर्ने अधिकार जितेको थियो ।

विश्वकप आयोजना गर्ने अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियाको प्रस्तावमध्ये कतार छानिएको हो । कतार विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.